Madhes Khabar
स्थानिय

पर्सागढी नगरपालिकाका भूमिहीन दलित र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु

फाइल फोटो

वीरगन्ज,१६ बैशाख :पर्साको पर्सागढी नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ । अव्यवस्थित बसोवासीको व्यावस्थापन गर्न नापीको टोली नम्बर ४ र ५ बाट जारी भएको जग्गाको नापनक्शा शुरु हुने भएको हो । राष्ट्रिय भूमि आयोग  पर्साले जेठ २ गतेबाट जग्गाको नापनक्शा शुरु गर्ने आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जानकारी दिए ।

अध्यक्ष अहमदका अनुसार पर्सागढी नगरपालिका वडा नम्बर २ मा शनिवार राष्ट्रिय भूमि आयोग  पर्सा र स्थानीय तहले पहिचान र छनोट गरेको सरकारी जग्गाको नाप नक्शा जेठ १ गते देखि शुरु हुने छ । जग्गा प्राप्ती गर्न योग्य भूमिहीन दलित र भूमिहीन सुकुम्वासीहरुलाई नाप नक्शा हुने समयमा आफ्नो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, उपलब्ध अन्य प्रमाण र निवेदन दर्ताको निस्सा लिएर उपस्थित भई आफूले आवाद कमोत गरेको जग्गाको साँध सिमाना देखाई नापी गर्न पनि राष्ट्रिय भूमि आयोग  पर्साले अनुरोध गरेको छ ।

नापी हुने विषयमा अन्य थप जानकारी चाहिएमा राष्ट्रिय भूमि अयोग जिल्ला समिति पर्साको कार्यालयमा सम्पर्क गर्न राष्ट्रिय भूमि आयोग  पर्साका अध्यक्ष अहमदले आग्रह गरेका छन् ।

Related posts

फेटा गाँउपालिकामा महिला मानव अधिकार रक्षक सञ्जाल गठन

MadhesKhabar

युवालाई स्वरोजगार बनाउन सीपमुलक तालिम दिन महानगर तयार छ : मेयर सिंह

MadhesKhabar

जिपि काेइराला फाउन्डेसन खाेलिएकाे कराेडाैंकाे जग्गा वीरगन्ज महानगरकाे स्वामित्वमा आयाे

MadhesKhabar

Leave a Comment