Madhes Khabar
स्थानिय

पर्सागढी नगरपालिकाका भूमिहीन दलित र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु

फाइल फोटो

वीरगन्ज,१६ बैशाख :पर्साको पर्सागढी नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ । अव्यवस्थित बसोवासीको व्यावस्थापन गर्न नापीको टोली नम्बर ४ र ५ बाट जारी भएको जग्गाको नापनक्शा शुरु हुने भएको हो । राष्ट्रिय भूमि आयोग  पर्साले जेठ २ गतेबाट जग्गाको नापनक्शा शुरु गर्ने आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जानकारी दिए ।

अध्यक्ष अहमदका अनुसार पर्सागढी नगरपालिका वडा नम्बर २ मा शनिवार राष्ट्रिय भूमि आयोग  पर्सा र स्थानीय तहले पहिचान र छनोट गरेको सरकारी जग्गाको नाप नक्शा जेठ १ गते देखि शुरु हुने छ । जग्गा प्राप्ती गर्न योग्य भूमिहीन दलित र भूमिहीन सुकुम्वासीहरुलाई नाप नक्शा हुने समयमा आफ्नो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, उपलब्ध अन्य प्रमाण र निवेदन दर्ताको निस्सा लिएर उपस्थित भई आफूले आवाद कमोत गरेको जग्गाको साँध सिमाना देखाई नापी गर्न पनि राष्ट्रिय भूमि आयोग  पर्साले अनुरोध गरेको छ ।

नापी हुने विषयमा अन्य थप जानकारी चाहिएमा राष्ट्रिय भूमि अयोग जिल्ला समिति पर्साको कार्यालयमा सम्पर्क गर्न राष्ट्रिय भूमि आयोग  पर्साका अध्यक्ष अहमदले आग्रह गरेका छन् ।

Related posts

सोनार हत्या प्रकरणका मुख्य आरोपी भारतीय नागरिक पक्राउ, अर्का एक युवक अझै फरार

MadhesKhabar

सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साह घुस रकमसहित पक्राउ

MadhesKhabar

सिसिटिभी क्यामेरा ताेडफाेड गर्ने वडाध्यक्ष कलवारलाई कारबाही गर्न मेयर पाठककाे माग

MadhesKhabar

Leave a Comment