Madhes Khabar
शिक्षा

साेनवर्षाकाे विधालयमा डेढ दशकपछि व्यवस्थापन समिति गठन

वीरगन्ज ,१५बैशाख : पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नंबर ३ सोनवर्षामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय कंचनपुर बैरियको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ|

ज्वाला गिरीको अध्यक्षतामा ९ सदस्यीय विधालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक राजेश कुमार गिरीले जनकारी दिए |

समितिकाे सदस्यहरुमा हैदर अलि अन्सारी, ग्रहणी देवी, अब्दुल सैर मुकेरी,मनिता देवी, संगीता देवी, वीरशम्सेर गिरी, राजेश कुमार गिरी, मोतिलाल चौधरी लगायत रहेका छन् |

विगत डेढ दसक देखी विधालय व्यवस्थापन समिति विहिन रहेको उक्त विद्यालयमा वडा अध्यक्षद्वय माधव प्रसाद राउत थारु र विजय गैरेको सक्रिय पहलमा सर्वसम्मतिले विधालय व्यवस्थापन समिति गठन गरिएको प्रअ गिरीले बताए |

Related posts

एसईईका लागि परीक्षा आवेदन फारम खुल्यो

MadhesKhabar

वीरगन्ज महानगरकाे नाममा विद्यार्थीलाई ठग्ने मोदी इन्स्टिच्युटका सञ्चालक पक्राउ

MadhesKhabar

दलित बालबालिकाको शिक्षामा पहुँच बढाउनका लागि आर्थिक सहयोग

MadhesKhabar

Leave a Comment