Madhes Khabar
स्थानिय

जनताको काममा ढिलासुस्ति नगर्न पर्साका कर्मचारीहरुलाई उद्योगमन्त्री रिजालको निर्देशन

वीरगन्ज,६बैशाख : उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जनताको काममा ढिलासुत्ी नगर्न पर्साका सरकारी कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुख र सरकारी कार्यालयका प्रमुखहरुलाई मन्त्री रिजालले यस्तो निर्देशन दिएका हुन् ।उद्योगमन्त्री रिजालले पर्साको ठोरी, निर्मलबस्ती र बिजयबस्तिको जग्गा अहिलेसम्म हाल साविक हुन नसकेको प्रति प्रश्न गर्दै जनतालाई सास्ती नदिई सहज तवरले काम सम्पन्न गर्न निर्देशन दिए ।

मन्त्री रिजालले कामका लागि सरकारी कार्यालयमा आउने जनतालाई कार्यालयमा झारा टारेर दुःख दिने गुनासो व्यापक रहेकाले अबका दिनमा त्यस्ता गुनासा नआउनेगरि काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए ।

मन्त्री रिजालले भने,‘ ‘कहाँ ग्यारेन्टी बस्नुपर्छ म बस्छु तर जनताको काम गरेर देश बनाउने अभियानमा लाग्नुस,’ । मन्त्री रिजालले देशमा रहेको आर्थिक संकटसँग लड्न कर्मचारीहरुको अहम भूमिका रहने बताउँदै काधमा काध मिलाएर अघि बढ्नसमेत निर्देशन दिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेगमीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रहरी , सशस्त्र प्रहरी , सहायक प्रमुख जिल्ला अधिकारी , जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरुको सहभागीता थियो ।

 

 

 

Related posts

१०० रुपैयाँ बढीको सामानको भन्सार तिर्नुपर्ने नियम खारेज नगरे आन्दोलन गर्ने जेनजी पर्साको चेतावनी

MadhesKhabar

खुल्ला स्थानमा शाैच गर्ने प्रवृत्ति निरुत्साहित गर्न महिलाहरुलाई जनचेतनामूलक कार्यक्रम

MadhesKhabar

वीरगन्जमा खुल्यो लक्ष्मी पार्टी प्यालेस, पूर्वमन्त्री यादवले गरे उदघाटन

MadhesKhabar

Leave a Comment