
मधेसखबर
वीरगन्ज,१३ माघ : वीरगन्जमा अर्को होटल तथा पार्टी प्यालेस सञ्चालनमा आएको छ । ब्रहमचोकस्थित गिर्जामाई कोलोनीमा करिव २० करोड रुपैयाँको लगानीमा सुविधासम्पन्न लक्ष्मी प्याराडाइस होटल एण्ड पार्टी प्यालेस सञ्चालनमा आएको हो ।
होटल एण्ड पार्टी प्यालेसको पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले शुक्रबार एक कार्यक्रमका विच उदघाटन गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद् यादवले रिवन काटेर पार्टी प्यालेसको उदघाटन गरेको उनका स्वकीय सचिव निखिल बरनवालले बताए ।
उदघाटन कार्यक्रममा बोल्दै यादवले होटल तथा पार्टी प्यालेसको व्यवसायिक सफलताको शुभकामना दिँदै यसले स्थानीय स्तरमा युवाहरुको लागि रोजगारीको अवसर पनि सृजना गर्ने विश्वाव व्यक्त गरे । उनले पार्टी प्यालेस मार्फत पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने बताए ।
वीरगन्जकी स्थानीय महिला उद्यमी शान्ति देवीले पार्टी प्यालेस सञ्चालनमा ल्याएकी हुन् । वीरगञ्ज र आसपासका क्षेत्रमा नयाँ, आधुनिक र प्रसस्त जग्गा भएको पार्टी प्यालेसको तथा होटलको आभाव देखेपछि शान्तिले २ हजार मान्छे एकै पटक अटाउन सक्ने वातानुकूलित सभाहल, प्रसस्त खुल्ला ठाउँ र ३० वटा वातानुकूलित कोठा भएको पार्टी प्यालेस सञ्चालनमा ल्याएको बताइन ।
पार्टी प्यालेसमा पार्किङको लागि पनि प्रशस्त ठाउँ रहेको छ । ठूलो विवाह, भोज लगायत राजनीतिक तथा अन्य कार्यक्रम गर्नका निमित्त पार्टी प्यालेस उपयुक्त भएको शान्तिले दावी गरिन् ।

