
मधेसखबर
वीरगन्ज,१०जेठ बैशाख : वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले शपथ लिएको २४ घण्टा भित्रै वीरगन्जमा जनताले परिवर्तनको आभाष गर्ने बताएका छन् ।
मङगलबार बिहान मेयरमा निर्वाचित भएपछि मतगणनास्थलमा सन्चारकर्मीहरुलाइ प्रतिक्रिया दिने क्रममा नवनिर्वाचित मेयर सिंहले भने,‘ जुन दिन मैले शपथ लिन्छु त्यसको २४ घण्टाभित्र जनतालाइ परिवर्तनको अनुभुति हुने गरि काम गरेर देखाउछु ।
वीरगन्जवासीले दैनिक भोगिरहेका समस्या सामधान नै आफनो पहिलो र मुख्य प्राथमिकता भएको उनले बताए ।
सिंहले भने,‘वीरगन्जवासीको जीवनयापनसंग जोडिएका समस्या सामधान गर्नु नै मेरो पहिलो प्राथमिकता रहनेछ ।
उनले वीरगन्ज शहरको सरसफाइको दुरवास्थामा सुधार गर्ने बताए । शरहमा पानीको उचित निकास नभएका कारण डुबानको समस्या रहेकाले यो विषय पनि आफनो प्राथमिकतामा भएको उनले बताए । करको दर न्युनिकरण , सहज र सुलभ स्वास्थ्य सेवा, शिक्षा , रोजगारी लगायतका विषयमा विज्ञहरुसंग परामार्श गरेर नगरवासीको हितमा निर्णय लिने सिंहले बताए ।
म्हानगरमा गरिएका अनियमितता र भ्रष्टचारको छानबनि गरिने बताउदै सिंहले भने ,‘ जति पनि भ्रष्टचाहरु भएका छन् , ती सबै फाइल अख्तियारमा पठाउछु , अख्तियारले छानबिन गरेर कार्वाही अगाडि बढाउछ ।
पाँच वर्षको कार्यकालमा आफनो चुनावी घोषणापत्रमा उल्लेख गरिएको भन्दा बढि नै कामहरु गर्ने प्रतिबद्धा पनि उनले दोहोरयाए ।
सत्तागठबन्धनबाट जसपाको उम्मेदवार बनेर सिंह ४६ हजार २ सय १५ मत प्राप्त गरि मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार एंव निवर्तमान मेयर विजय सरावगी भन्दा २२ हजार ५ सय ४४ मत बढि ल्याएर निर्वाचित भएका सिंह , २०७४को निर्वाचनमा भने १२ हजार १ सय मत प्राप्त गरि तेश्रो स्थानमा सिमित भएका थिए ।

