Madhes Khabar
राजनीति

गृहगाँउ मसिहानी पुगेर मन्त्री रिजालले भने : मन्त्री बनेपनि जनताकाे सेवामा सदैव समर्पित रहनेछु

वीरगन्ज ,३बैशाख : संघीय सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले आफु जनताको सेवक रहेकाले मन्त्री बनेपनि सदैव जनताको सेवामा समर्पित रहने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री बनेपछि आइतबार पहिलाेपटक गृह जिल्ला आएका मन्त्री रिजाललाई उनकै गृह गाउँ पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मसिहानीकाे धर्मपुरमा नेपाली कांग्रेसकाे क्षेत्रीय कार्यसमितिले स्वागत तथा सम्मान कार्यक्रम आयाेजना गरेकाे थियाे ।उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै उद्योग मन्त्री रिजालले आफुलाई हरबखत मार्गदर्शन गर्न र सचेत गराउन खबरदारी गरिरहन पर्सा जिल्लावासीसंग अनुराेध पनि गरे ।

उनले भने,चार दशककाे राजनीतिक यात्रमा पहिलाे पटक मन्त्री बनेकाे छु, त्यसकारण सत्कर्ममा लागिरहन्छु, जनताकाे आवश्यकता नै मेराे प्राथमिकतामा रहन्छ, मैले बाटाे नबिराउ भनेर जनताले मलाई खबरदारी गरिरहनुपर्छ, मार्गदर्शन दिइराख्नुपर्छ ।

कांग्रेसका क्षेत्रीय सभापति तथा जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा ५१ किलाेकाे फुलमाला लगाएर मन्त्री रिजालकाे स्वागत र सम्मान गरिएको थियाे ।

त्यसअघि मन्त्री रिजालले मधुवाहा क्रिकेट मैदानमा आयाेजित प्रथम गाँउपालिका अध्यक्ष क्रिकेट प्रतियाेगिताकाे उद्घाटन पनि गरेका थिए ।उक्त कार्यक्रममा पनि मन्त्री रिजाललाई ८० किलाेकाे फुलमाला लगाएर सम्मान गरिएकाे कांग्रेसका क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

मन्त्री बनेपछि पहिलाे पटक गृह जिल्ला आइपुगेका मन्त्री रिजाललाई आइतबार दिउँसाे सिमरा विमानस्थलमा पनि पर्साका कांग्रेस नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए । त्यसपछि वीरगन्ज स्थित कांग्रेसको पार्टी कार्यालयमा पनि मन्त्री रिजाललाई स्वागत र सम्मान गरिएको थियाे ।

Related posts

पर्साको भेडियारीमा आयोजित कार्यक्रममा तीन सय जना जसपामा प्रवेश

MadhesKhabar

नेपाल परिवार दलका केन्द्रिय सदस्य पटेल जसपामा प्रवेश, मन्त्री यादवले गरे पार्टीमा स्वागत

MadhesKhabar

नागरिकता विधेयकमा एमालेले ब्युँतायो सात बर्षे प्रावधान

MadhesKhabar

Leave a Comment