वीरगन्ज,१७कार्तिक : पर्साको कालिकामाई गाँउपालिका वडा नम्बर २ भेडियारीमा आयोजित कार्यक्रममा कांग्रेस, लोसपा, नेकपा एस लगायतका दल परित्योग गरी करिब तीन सय जना प्रवेश गरेका छन् ।
जसपाले आयोजना गरेको कार्यक्रममा सुनील साह तेली , सुनिल साह कानु, सन्जय साह ,हरिकिशोर पासवान, लालमहम्मद राउत लगायतका गरी ३ सय जना जसपामा प्रवेश गरेको जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।
जसपाका गाँउ ईकाइ अध्ध्यक्ष तैयब खान पठानको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मधेस प्रदेश सरकारका उर्जा,सिंचाइ तथा खानेपानीमन्त्री सिंहासन साह कलवारले नवप्रवेशीहरुलाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरे ।
कार्यक्रममा जसपाका केन्द्रिय सदस्य फिरोज मन्सुर, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचीव तबरेज अहमद, जिल्ला कार्याकारिणी समिति सदस्य इन्द्रासन सा कलवार, श्यामबाबु चौरसीया, कालिकामाइ गाँउपालिकाका जसपा अध्यक्ष दिनेश साह कलवार, कालिकामाइ गाउँपालिकाका अध्यक्ष बशिष्ठ कलवार, वडाध्यक्षाहरु लालबाबु राउत, सन्जय पटेल, जयनारायण पटेल लगायतकोपनि सहभागीता थियो ।

