Madhes Khabar
राजनीति

नागरिकता विधेयकमा एमालेले ब्युँतायो सात बर्षे प्रावधान

मधेसखबर

वीरगन्ज,०२ साउन :  नेकपा एमालेले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ ।

सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै एमाले सांसदहरुले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षसम्म आवासीय अनुमति मात्र दिन सकिने प्रस्ताव गरेको हो ।

एमाले सांसदहरु कृष्णभक्त पोखरेल, विन्दा पाण्डे, शान्तिमाया पाख्रिनलगायतले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

संशोधन प्रस्ताव दर्ता गराउनेमध्येकी एक सांसद शान्तिमाया पाख्रिनले भनिन्, ‘राज्य व्यवस्था समितिमा जुटेको सहमति विपरीत सरकारले विधेयक ल्याएकाले संशोधन प्रस्ताव दर्ता गराएका हौं ।

Related posts

ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन : जय नेपाल विद्यार्थी संघको यस्तो छ चुनावी घोषणापत्र

MadhesKhabar

स्वतन्त्र उम्मेदवार रुपेशमानका समर्थकहरुको चुनावी प्रचार निरन्तर

MadhesKhabar

राष्ट्रपतिद्वारा नागरीकता विधेयक फिर्ताको विरुद्धमा बारामा लोसपाको प्रदर्शन

MadhesKhabar

Leave a Comment