Madhes Khabar
स्थानिय

नवनियुक्त उद्योगमन्त्री रिजाल बैशाख ३ गते गृहजिल्ला आउँदै

फाइल फोटो

वीरगन्ज ,३०चैत: संघीय सरकारका नवनियुक्त उद्योग ,वाणिज्य तथ आपूर्तिमन्त्री रमेश रिजाल मन्त्री भएपछि पहिलाे पटक गृह जिल्ला पर्सामा आगामी आईतबार आउने भएका छन् ।

दुई हप्ता पहिले मन्त्रीमा नियुक्त भएका रिजाल बैशाख ३ गते आईतबार गृह जिल्ला पर्सामा आउने कार्यक्रम तय भएकाे जगरनाथपुर गाँउपालिकाका अध्यक्ष एंव कांग्रेसका क्षेत्रीय सभापति श्रीकान्त यादवले सामाजिक सन्जाल मार्फत जानकारी दिएका छन् ।

मन्त्री भएपछि पहिलाे पटक गृह जिल्ला आउन लागेका नवनियुक्त उद्योगमन्त्री रिजाललाई सिमरा विमानस्थलमा स्वागत गर्न आइतबार बिहान ११:३० बजे पुग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभचिन्तकहरुलाई यादवले आग्रह पनि गरेका छन् ।

यादवका अनुसार , नवनियुक्त मन्त्री रिजालकाे स्वागत तथा सम्मानमा आइतबार नै दिउँसो जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीकाे धर्मपुर टाेल स्थित मन्त्री रिजालकाे निवासमा कार्यक्रम राखिएको छ ।गृह जिल्ला बसाईका क्रममा मन्त्री रिजाल जिल्लाका विभिन्न स्थानमा हुने कार्यक्रममा पनि सरिक हुने यादवले बताएका छन् ।

मन्त्री रिजाल , पर्साकाे निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पनि हुन् ।

Related posts

ठोरी नाकामा फेरि रोकियो भारतीय सवारीको प्रवेश,भारतीय पर्यटकहरु निराश

MadhesKhabar

परवानीपुर गाँउपालिकाले नियुक्त गरेका गाँउ प्रहरीहरुले सशस्त्र प्रहरीबाट लिए तालिम

MadhesKhabar

पर्साको विन्दबासिनी गाउँपालिकामा न्याधिश पौडेलद्वारा अनुगमन

MadhesKhabar

Leave a Comment