Madhes Khabar
राजनीति

सीके राउतकाे पार्टीका सांसद खानलाई निलम्बन गर्न माग

काठमाडौं: राष्ट्रिय एकता अभियानले अश्लील हर्कत गरेको भिडियो सार्वजनिक गरेकाे भन्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ।

सांसद खान निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री पनि हुन्। जनमत पार्टी सरकारबाट बाहिरिएपछि उनले हालै राजीनामा दिएका थिए।

शुक्रबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै राष्ट्रिय एकता अभियानले खानलाई सांसद पदबाट तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको हो।

अभियानका हनुिार सांसद खानले कुनै महिलासँग भर्चुअल माध्यममा अश्लील हर्कत गरेको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको छ। सांसदजस्तो सार्वजनिक पदमा रहेका व्यक्तिको यस्तो हर्कत क्षमायोग्य नरहेको अभियानले ज्ञापन पत्रमा उल्लेख गरेको छ।

‘जनमत पार्टीका समानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले एक महिलासँग गरेको अश्लील हर्कतको श्रव्य–दृश्य सामग्री (भिडियो) अहिले सामाजिक सञ्जालहरूमा यत्रतत्र भाइरल भइरहेको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘उहाँको यस हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीकै शीर निहुरिएको छ।’

सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूका यस्ता अनैतिक हर्कतले समाजलाई विकृत र विसंगत बनाउन अझ बढी मलजल गर्ने, सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूको निजी जीवन पनि सरल र आदर्शवान हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ।

‘सांसद खानको यस हर्कतले भने समाजलाई अझ बढी विसंगत र विकृत बनाउन मलजल गरेको छ। उहाँ सजायको भागिदार हुनुहुन्छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘तसर्थ, उहाँलाई तत्काल सांसद पदबाट निलम्बन गरी कानूनी कारवाही अगाडि बढाउन र अनुरोध गर्दछौं।’

ज्ञापन पत्र बुझाउन राष्ट्रिय एकता अभियानका अध्यक्ष सहित उपाध्यक्ष सुनीता साह, केंद्रीय सदस्य चन्द्र यदुवंशी, मिना देवी साह, राष्ट्रीय विधार्थी परिषदका महासचिव पप्पू यदाव लगायतको टोली सभामुख निवास गएको थियो।

 

Related posts

पर्सामा जसपाका केन्द्रिय सदस्य सिपु तिवारी सहित २६ जनाद्धारा पार्टी परित्याग

MadhesKhabar

छठपछि विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री सोनलले भने :‘विश्वासको मतका लागि समस्या हुँदैन’

MadhesKhabar

रास्वपा संसदीय दलका नेता डिपी अर्यालले दिए राजिनामा

MadhesKhabar

Leave a Comment