Madhes Khabar
अर्थतन्‍त्र

देशलाई निर्यातमुखी बनाउने तर्फ सरकारको जोड रहन्छ : उद्योगमन्त्री रिजाल

काठमाडौं,२४चैत : उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालले देशलाई अब आयातमूखी भन्दा पनि निर्यातमुखी बनाउने तर्फ सरकारले जोड बताएका छन् ।

शुक्रबार काठमाडौंमा निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिबेशनको समुद्घाटन गर्दै उद्योगमन्त्री रिजालले यस्तो बताएका हुन् । मन्त्री रिजालले सरकारले निर्यातमूखी व्यवसायलाई सुदृढ बनाउदै प्रोत्साहित गर्ने पनि बताए ।

उनले भने,‘ उद्योग मन्त्रालयको पुरा ध्यान अब देशलाई निर्यात मुखी बनाउने हुन्छ , त्यसका लागि उत्पादनमा जोडदिने नीति बनाएर अगाडि बढ्छ ।मन्त्री रिजालले सरकारले व्यवस्थित निर्यातलाई नियमन गर्ने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उद्योगी , व्यपारीका अगुवाहरुको पनि सहभागिता थियो ।

 

Related posts

बचतकर्ताको रकम हिनामिना गर्ने सानो पाइला सहकारीमा वीरगन्ज महानगरको शिलबन्दी

MadhesKhabar

आन्दोलनरत भन्सार एजेन्टहरुको माग पुरा गर्न सरकारसंग वीरगन्ज उद्योग वाणिज्य संघको आग्रह

MadhesKhabar

आर्थिक मन्दीले पर्सामा एकै वर्ष २३२ उद्योग खारेज

MadhesKhabar

Leave a Comment