Madhes Khabar
अर्थतन्‍त्र

आन्दोलनरत भन्सार एजेन्टहरुको माग पुरा गर्न सरकारसंग वीरगन्ज उद्योग वाणिज्य संघको आग्रह

वीरगन्जं,२३मंसिरःवीरगन्ज उद्योग वाणिज्य संघले देशभरका भन्सार कार्यालयसंगै वीरगन्ज भन्सार कार्यालयमा आन्दोलनरत भन्सार एजेन्टहरुको माग र आन्दोलनप्रति समर्थन जनाएको छ ।

भन्सार ऐन २०८२ प्रति आपत्ति जनाउँदै नेपाल भन्सार एजेन्ट महासंघको आह्वानमा वीरगन्ज भन्सारसहित देशभरका भन्सार कार्यालयहरूमा मंगलबारदेखि भन्सार एजेन्टहरु ‘पेन डाउन’ गर्दै आन्दोलनमा उत्रिएका छन् ।

मंगलबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले वीरगन्ज भन्सार कार्यालयमा कार्यरत भन्सार एजेन्टहरुले मंगलबारदेखि ‘पेन डाउन’ गर्दै मालवस्तुको भन्सार जाँचपासपनि ठप्प पारेकोप्रति संघको ध्यानाकर्षण भएको जनाएका छन् ।

सरकारले हालै ल्याएको नयाँ भन्सार ऐनका कतिपय दफाहरु भन्सार एजेन्टहरुको हकहित र पेशाप्रति असहज परिस्थिति सृजना गर्ने खालको भएको तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पर्न गएको अध्यक्ष गौतमको भनाई छ ।भन्सार एजेन्ट महासङ्घले उठाएका मागहरु न्यायोचित भएको भन्दै अध्यक्ष गौतमले भनेका छन् , सरकार उदार अर्थनीतिको विरोधमा अनुदार भन्सार नीति ल्याएर अघि बढ्न मिल्दैन । दण्ड जरिवाना मात्र थोपारेर व्यापार व्यवसाय बढ्ने होइन ।

त्यसैले भन्सार एजेन्ट महासङ्घले उठाएका मागहरु तत्काल पूरा गर्न संघले सरकारसँग माग गरिएको गौतमले जनाएका छन्।

आन्दोलनरत भन्सार एजेन्ट महासंघले हालै लागू भएको भन्सार ऐनमा भन्सार एजेन्टको नाम, दण्ड जरिवाना, भन्सार एजेन्टको इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीसँग सम्बन्धित ‘युजर आईडी’ व्यवस्थापन, ‘एक्जिट नोट’ एवं ‘इन्ट्री नोट’ लगायत इजाजत प्राप्त भन्सार एजेन्टहरूवाट मात्र मालबस्तु जाँचपास गर्ने व्यवस्था ऐनमै हुनुपर्ने माग गरेको छ ।

 

 

Related posts

नेपालमा साढे २८ अर्बको चार हजार केजीभन्दा बढी सुन भित्रियो

MadhesKhabar

वीरगन्जमा नयाँ औद्योगिक क्षेत्रका लागि सम्भाव्यता अध्ययन गरिदै

MadhesKhabar

वीरगन्ज नाकामै थन्किए नयाँ गाडी

MadhesKhabar

Leave a Comment