Madhes Khabar
अर्थतन्‍त्र

अण्डाकाे मूल्य फेरि बढ्याे

काठमाडौं,१वैशाख: लेयर्स कुखुरा पालक सङंघले अण्डाको मूल्य वृद्धि गरेको छ।

बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट अर्थात ३० वटाको फार्म मूल्य ४६५ रुपैयाँ पुगेको छ । यसअघि प्रतिक्रेट ४५० मा बिक्री भइरहेको थियो ।

यस्तै मझौला अण्डाको फार्म मूल्य ४०० बाट बढेर ४१५ रुपैयाँ कायम भएको छ ।

उत्पादन घट्नु र माग बढ्नु मूल्यवृद्धिको कारण बताइएको छ। संघका अध्यक्ष विनोद पोखरेलले कुखुरामा रोग र गर्मीका कारण उत्पादनमा कमी आएको बताए।

संघले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ ।

Related posts

बैंकहरूले मंसिर महिनाका लागि पनि घटाए ब्याजदर

MadhesKhabar

लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने भयो ‘ठोरी छोटी भन्सार’

MadhesKhabar

वीरगन्ज नाकाबाट ट्यांकरमै पेट्रोलको तस्करी

MadhesKhabar

Leave a Comment