Madhes Khabar
स्थानिय

वीरगन्जको विकासमा महानगरलाई साथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वसंग मेयर सिंहको आग्रह

वीरगन्ज , २२ चैत : वीरगन्ज महानगर पालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज उघोग वाणिज्य संघको नव निर्वाचित अध्यक्ष सहित पदाधिकारीलाई बुधबार एक कार्यक्रमको आयोजना गरि बधाई दिएका छन् ।मेयर सिंहले संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार अग्रवाल पटवारीलाई खादा,माला र फुलेको गुलदस्ता दिएर बधाई दिएका हुन् ।

यस्तै संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष हरि गौतम , उपाध्यक्ष माधव राजपाल, महासचिव आशिष लाठ, कोषाध्यक्ष शिवजी साह कलवाल, सह कोषाध्यक्ष अनोज रुगटा, सचिवद्वय प्रेम चन्द गोयल, शुशान्त चाचान, सह सचिवद्वय नरेश टिवडेवाल र निरज अग्रवाललाई पनि मेयर सिंहले माला र खादा लगाएर बधाई दिए।

त्यसअवसरमा संघको नयाँ कार्यसमितिलाई मेयर सिंहले वीरगन्जको समग्र विकासमा महानगरले थालेको अभियानमा सबै उद्योगी व्यवसायीहरुको साथको लागि आग्रह पनि गरे ।

संघका नवनिर्वाचित अध्यक्ष अग्रवालले वीरगन्ज उघोग वाणिज्य संघले वीरगन्ज महानगरपालिकासंग सहकार्य गर्न तयार रहेको बताए ।त्यसअवसरमा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेल , वडा अध्यक्षहरु राम किशोर सिंह पराग, प्रदीप चौरसिया, सन्जु छत्कुली, अजय कुमार बरै, बैजुलाल स्वर्णकार, मेयर सिंहका प्रेस सल्लाहकार महेश दास र स्वकीय सचिव सत्यराज घिमिरेको पनि उपस्थिति रहेको थियो ।

 

Related posts

वीरगन्जको लर्डस दियालाेकाे स्वीमिङ्गपुलमा डुबेर एक बालकको मृत्यु

MadhesKhabar

मालपोत कार्यालय पर्साका पूर्वअधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर

MadhesKhabar

याैनजन्य गतिविधिमा संलग्न रहेकाे आशंकामा वीरगन्जबाट २९ जना पक्राउ

MadhesKhabar

Leave a Comment