Madhes Khabar
स्थानिय हेडलाइन

याैनजन्य गतिविधिमा संलग्न रहेकाे आशंकामा वीरगन्जबाट २९ जना पक्राउ

फाइल फाेटाे : जिप्रका पर्सा

मधेसखबर
वीरगन्ज ,१८पुस: प्रहरीले वीरगन्जको बसपार्क तथा ४० फिटे सडक क्षेत्रबाट २९ जनालाई पक्राउ गरेको छ । ती क्षेत्रमा सञ्चालित होटलहरुबाट २४ जना महिला र ५ जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बसपार्क तथा ४० फिटे सडक क्षेत्रमा सञ्चालित होटलहरुमा अवैध रुपमा यौनजन्य क्रियाकलाप हुने गरेको गुनासोको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय अन्र्तगत रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

अपरान्ह ३ बजेदेखि साँझ ५ बजेसम्ममा बसपार्क र ४० फिटे सडक क्षेत्रबाट अनुसन्धानका लागि २९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

बसपार्क र त्यसको वरपर यौनजन्य गतिविधि हुन्छन् भन्ने गुनासो आएको थियो, त्यसैको आधारमा अनुसन्धानका लागि २४ जना महिला र ५ जना पुरुषलाई पक्राउ गरेर ल्याएका छौं ।’ उनले भने ‘ सोधपुछ गर्ने कार्य भइरहेको छ । उनीहरुको संलग्नताको आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढाउने वा छोड्ने भनेर निर्णय गर्छौ ।’

होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीले चालेको कदमको स्वागत गरेका छन् । गलत तरिकाले होटल व्यवसाय सञ्चालन गर्नेहरुका कारण स्वच्छ हिसाबले व्यवसाय गर्नेहरु पनि वदनाम हुने गरेको बताउँदै उनले अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीलाई होटल तथा पर्यटन व्यवसायीले साथ दिने बताए ।

‘गलत गर्नेलाई कारबाही हुनुपर्छ र स्वच्छ व्यवसाय गर्नेलाई धरपकड गरेर दुःख दिनु हुन्न भन्ने हाम्रो मान्यता हो ।’ उनले भने ‘ गलत कुरालाई निरुत्साहित गर्ने कुरामा हामी पनि हातेमालो गर्छौ ।’

वीरगन्जको बसपार्क नजिकै ‘प्रेम गल्ली’ नामले नै एउटा गल्ली परिचित छ । जहाँ सुन्दर युवतीलाई प्रयोग गरेर मादक पदार्थ सेवन गर्न आउनेहरुसँग बढी पैसा असुल्ने गरिन्छ भने ४० फिटको सडक आसपास क्षेत्रमा रकम लिएर यौन गतिविधि चलाउने गरिएको जनगुनासो छ । त्यो क्षेत्रमा तेस्रोलिंगीहरु पनि अबेर रातिसम्म ग्राहक कुरेर बस्ने गरेको स्थानीय बताउँछन् ।साभार:अनलाइनखबर

Related posts

वीरगन्जको जय माँ किराना स्टाेर्सबाट तस्करीको २३ क्वीन्टल केराउ बरामद

MadhesKhabar

वन्यजन्तुको चोरी सिकारीमा मन्त्री जयसवाल र उनका भाईसहित ३ जनालाई निकुञ्जले दियो सफाई

MadhesKhabar

मधेसका उखु किसानले अझै पाएनन् सरकारी अनुदान रकम

MadhesKhabar

Leave a Comment