Madhes Khabar
अर्थतन्‍त्र

घट्यो डिजेल र पेट्रोलको मूल्य

काठमाडौं,२०चैत : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०÷१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भने,‘ सोमबार बसेको निगमकोे बोर्ड बैठकले डिजेल, मटीतेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको छ । खाना पकाउने एलपि ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको उनले जानकारी दिए ।

निगमको सोमबारको निर्णयसँगै अब डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १७५ रुपैयाँ थियो । यस्तै अब हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ ।

यस्तै पेट्रोलको मूल्य अब घटेर लिटटरको १७५ रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपि ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १८ सय रुपैयाँमै याथावत राखिएको निगमले जनाएको छ ।

 

Related posts

मधेसको उद्योग–व्यवसाय सबल बनाउन प्रदेश सरकारले बनायो उच्चस्तरीय समिति

MadhesKhabar

सरकारले निजगढ विमानस्थलको काम अगाडि बढाउने

MadhesKhabar

तोलामा १ हजार रुपैयाँले घट्यो सुनको भाउ

MadhesKhabar

Leave a Comment