Madhes Khabar
अर्थतन्‍त्र

तोलामा १ हजार रुपैयाँले घट्यो सुनको भाउ

सांकेतिक तस्बिर।

काठमाडौं,१६पुसःसुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ । सोमबारको तुलनामा आज (मंगलबार) सुनको भाउ तोलामा १ हजार रुपैयाँले र चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेको हो ।

आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला १ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउपनि आज तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

Related posts

सुनको भाउ एकै दिन तोलामा २३ सय रुपैयाँले बढ्यो

MadhesKhabar

सुनको मूल्यमा गिरावट, कतिमा हुदैंछ कारोबार ?

MadhesKhabar

वीरगन्ज महानगरको अनुगमन समितिद्वारा दिनहुँ बजार अनुगमन

MadhesKhabar

Leave a Comment