Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउ एकै दिन तोलामा २३ सय रुपैयाँले बढ्यो

काठमाडौं,१मंसिरः सुनको भाउ आज शुक्रबार एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमा पुगेको छ ।

गएको सोमबार सुनको भाउ तोलामा एक लाख १३ हजार दुई सय रुपैयाँ थियो । मंगलबार, बुधबार र हिजो बिहीबार तिहार बिदामा सुनचाँदीको मूल्य तोकिएको थिएन । नेपाल सुन चाँदी व्यवसायी महासंघले लक्ष्मी पूजाको भोलिपल्ट २७ गते भाउ तोकेपछि आज बल्ल बजार खुलेको हो ।

यस्तै चाँदी भाउ तोलाको एक हजार चार सय ५० रुपैयाँ रहेको महासंघले जनाएको छ । महासंघले अन्तराष्ट्रिय बजार मूल्यअनुसार नेपालमा भाउ तोक्दै आएको छ ।

 

Related posts

पर्सा–बारा ओैद्योगिक क्षेत्रमा विद्युत आपूर्ति नियमित गर्न उद्योगीहरुको माग

MadhesKhabar

वीरगन्ज नाकाबाट ४३ देशसंग व्यपार, ३९ संग घाटा

MadhesKhabar

लघुवित्तहरूले लिएको अतिरिक्त सेवा शुल्कबापतको १ अर्ब ६० करोड रुपैयाँ फिर्ता गर्ने सहमति

MadhesKhabar

Leave a Comment