Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउ एकै दिन तोलामा २३ सय रुपैयाँले बढ्यो

काठमाडौं,१मंसिरः सुनको भाउ आज शुक्रबार एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमा पुगेको छ ।

गएको सोमबार सुनको भाउ तोलामा एक लाख १३ हजार दुई सय रुपैयाँ थियो । मंगलबार, बुधबार र हिजो बिहीबार तिहार बिदामा सुनचाँदीको मूल्य तोकिएको थिएन । नेपाल सुन चाँदी व्यवसायी महासंघले लक्ष्मी पूजाको भोलिपल्ट २७ गते भाउ तोकेपछि आज बल्ल बजार खुलेको हो ।

यस्तै चाँदी भाउ तोलाको एक हजार चार सय ५० रुपैयाँ रहेको महासंघले जनाएको छ । महासंघले अन्तराष्ट्रिय बजार मूल्यअनुसार नेपालमा भाउ तोक्दै आएको छ ।

 

Related posts

भारत सरकारको अनुदानमा नेपालमा थप दुई पेट्रोलियम पाइपलाइन बन्ने निश्चित

MadhesKhabar

वीरगन्जका सेकुवा होटलहरुमा अनुगमन : सरसफाई नराख्ने चार होटललाई २५ हजार जरिवाना

MadhesKhabar

पर्सा–बारा औद्योगिक करिडोरका ७ सिमेन्ट उद्योग बन्द हुदाँ १ हजार जनाको रोजगारी गुम्यो

MadhesKhabar

Leave a Comment