Madhes Khabar
अर्थतन्‍त्र

सरकारले निजगढ विमानस्थलको काम अगाडि बढाउने

मधेसखबर
वीरगन्ज,१५जेठः
सर्वोच्च अदालतले निर्माण नगर्न आदेश गरेपनि सरकारले बाराको निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढाउन बजेटमा योजना राखेको छ ।
सर्वोच्च अदालतले बिहीबार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न फैसला गरेको अवस्थामा सरकारले भने आगामी आर्थिक वर्षको बजेटमा नै निजगढ विमानस्थल निर्माणका लागि योजना ल्याएको हो ।
आइतबार संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमा निजगढ विमानस्थल निर्माणको योजना अगाडि सारेका हुन् । संघीय संसद्का दुवै सदनको संयूक्त बैठकमा मन्त्री शर्माले भने, ’निजगढ विमानस्थल पुनर्निर्माणको लागि ढाँचा निर्माण गरी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइनेछ ।
त्यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने पनि अर्थमन्त्री शर्माले जानकारी दिए । साभारःकान्तिपुर

Related posts

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायाे, अब नेपालमा प्याजकाे भाउ सस्ताे हुने

MadhesKhabar

९ महिनामा पर्साका सरकारी कार्यालयहरुको पुँजीगत खर्च २८ प्रतिशतमात्र

MadhesKhabar

नेपालमा भारु ५ सय र २ हजार दरका नाेटमाथि लगाईएकाे प्रतिबन्ध हटाउन मेयर सिंहकाे माग

MadhesKhabar

Leave a Comment