Madhes Khabar
खेलकुद

सिमरा गाेल्डकप : एपिएफविरुद्ध राेमान्चक जित हात पार्दै चर्च ब्वाईज सेमिफाइनलमा

बारा,१४चैत : चर्च ब्वाईज यूनाईटेड क्लब, बाराकाे सिमरामा जारी १३ओै जितपुरसिमरा गाेल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

सिमरा रंगशालामा मंगलबार बेलुकी भएकाे खेलमा सशस्त्र प्रहरीकाे एपिएफ क्लबलाई २–१ गाेलले हराउँदै चर्च ब्वाईज युनाईटेडले अन्तिम चारमा स्थान पक्का गरेकाे हाे ।

एपिएफले बनाएको सुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमिफाइनल यात्रा तय गरेकाे हाे । रोमाञ्चक जितसंगै चर्च ब्वाइजले न्युरोड टिम एनआरटीसंगको अन्तिम चारमा भेट पक्का गरेकाे हाे । फाइनल प्रवेशका लागि चर्च ब्वाईजले अब बिहीबार एनआरटीको सामना गर्नेछ ।

मंगलबारकाे खेलको म्यान अफ दि म्याच चर्च ब्वाईजका अफ्रिकी मिडफिल्डर ओउसो वेम्पा घोषित भए ।

प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा मकवानपुर ११ ले हिमालयन शेर्पाको सामना गर्नेछ ।

Related posts

वीरगन्जका महानगरपालिकाद्वारा कुस्ती खेलाडीहरु सम्मानित

MadhesKhabar

प्रधानमन्त्री कप क्रिकेटमा मधेसको लगातार दोस्रो हार

MadhesKhabar

नेपाल र भारतबिचकाे खेल हेर्न वीरगन्जका विद्यालयहरु दिउँसाे २ बजेपछि बन्द

MadhesKhabar

Leave a Comment