Madhes Khabar
खेलकुद

राैतहटलाई टाइब्रेकरमा हराउँदै धनुषा सेमिफाइनलमा

मधेसखबर
वीरगन्ज ,१४चैत : धनुषा, वीरगन्जमा जारी दोश्रो मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सेमफिाइनलमा प्रवेश गरेको छ ।

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसकाे अवसरमा वीरगन्जको आदर्शनगर रंगशालामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा राैतहटलाई टाइब ३–२ गाेलकाे अन्तरले हराउँदै धनुषाले अन्तिम चारकाे यात्रा तय गरेको हो ।

यसअघि निर्धारित समयकाे खेल १-१ गाेलकाे बराबरी भएपछि टाइब्रेकरबाट अन्तिम निर्णय गरिएकाे थियाे ।

फनइनल प्रवेशका लागि अब धनुषाले पर्सासंग चैत १६ गते प्रतिस्पर्धा गर्ने आयाेजक गिरिजाप्रसाद काेइराला फाउन्डेसनका मधेस प्रदेश संयाेजक महम्मद शाहबुद्धिनलेे जानकारी दिए ।

प्रतियोगितामा बुधबार हुने पहिलाे सेमिफाइनल खेल बारा र सिरहा बिच हुने आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेसन पर्साका अध्यक्ष धिरजकुमार गुप्ताले जानकारी दिए ।

चैत १८ गते सम्म प्रतियोगितामा मधेस प्रदेशका आठ वटै जिल्लाका गरि आठ टिम सहभागी छन् । प्रतियोगिताको उपाधिक विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ पुरस्कार पाउने फाउण्डेसनका मनाेहर साहले जानकारी गराए ।

Related posts

पाकिस्तानविरूद्धको जितपछि केशव महाराजको हिन्दुत्वको किन भइरहेको चर्चा ?

MadhesKhabar

सोनार प्रिमियर लिगमा रोहित ज्वेलरी र सोनार युवा अभियान विजयी

MadhesKhabar

राष्ट्रिय टी–२० च्याम्पिनसीपमा मधेसको चौंथो जित

MadhesKhabar

Leave a Comment