Madhes Khabar
राष्ट्रिय

राष्ट्रिय एकतालाई अझ बलियाे बनाउँछु : उपराष्ट्रपति यादव

बारा,१२चैत : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले संविधानको पालना, संरक्षण र राष्ट्रिय एकतालाई अझ बलियाे  बनाउन आफ्नो ध्यान केन्द्रीत रहने बताएका छन् । यसको लागि आफुले इमान्दारिताका साथ काम गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक आइतबार गृह जिल्ला बारा आएका यादवले गढीमाई मन्दिरको दर्शनपछि आयाेजित स्वागत कार्यक्रममा बाेल्दै कसैलाई पनि भेदभाव नगरी सबैलाई समेटेर काम गर्ने बताए ।

आफू सामान्य परिवारमा जन्मेको र पढे, लेखेर शिक्षण पेशा अपनाएर राजनीतिमा लाग्दा आज देशकै उपराष्ट्रपति बन्न सफल भएको उनले बताए ।

देशको विकासको लागि सबै नागरिक शिक्षित हुनुपर्नेमा जाेड दिदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रको लागि आँफूले सक्दो पहल गर्ने बताए ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले गढीमाई मन्दिरलाई पर्यटकीय स्थलमा रुपमा विकास गर्नको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले उपराष्ट्रपति र मुख्यमन्त्रीसँग गढीमाई मन्दिर क्षेत्रको विकासमा सहयोग गर्न आग्रह गरे ।

Related posts

मधेसमा खानेपानीबाट कोही पनि बञ्चित हुने छैनन् : प्रधानमन्त्री ओली

MadhesKhabar

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पनि पक्राउ

MadhesKhabar

‘घूस डिल अडियो’ प्रयोगशालाबाट पुष्टि,अख्तियारले अनुसन्धानका लागि गुप्ता र लामालाई बाेलायाे

MadhesKhabar

Leave a Comment