Madhes Khabar
समाचार

ठोरीमा एक भारतीय मृत फेला

वीरगन्ज ,७चैत : पर्साको ठोरीमा मंगलबार बिहान एक भारतीय मृत अवस्थामा फेला परेका छन् ।ठोरी गाउँ पालिका वडा नम्बर ३ ढुङ्गे बजार टोल स्थित मकै बारीमा भारत बिहारको पश्चिमी चम्पारण मानपुर घर भएका चोकाटी मुखिया मृत अवस्थामा फेला परेका हुन् ।

साेमबार साँझ खेतमा काम गरीरहेको बेला हावापानी आएको र त्यही बेला घर फर्कने क्रममा उनी मकै बारीमा लडेर मरेकाे हुन सक्ने बताइएकाे छ ।

मंगलबार बिहान स्थानीयले मकै बारीमा मुखीयालाई मृत अवस्थामा देखेपछि प्रहरीलाइ खबर गरेका थिए । इलाका प्रहरी कार्यालय ठोरीले शव पोष्टमार्टमका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाएको प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए ।

मृतक मुखिया विगत ८ वर्ष देखि ठोरीकै ढुंगे बजारटोलमा बसेर खेती किसानी गर्दै आएका थिए ।

Related posts

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ

MadhesKhabar

बाराबाट तीन दिनमा २१ किलो अफिम बरामद, ५ जना पक्राउ

MadhesKhabar

पर्सा–२ मा सुशील कुमार कानुको सक्रिय अभियान

MadhesKhabar

Leave a Comment