
काठमाडौं,६चैत : निर्वाचन आयोगले बारा २ र तनहुँ १ मा बैशाख १० गते नै उपनिर्वाचन गर्ने निर्णय गरेको छ। आयोगले रिक्त दुई स्थानमा बैशाख १० गते नै निर्वाचन गर्ने निर्णय गरेको हो।
बारा २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा र तनुहँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यी दुई निर्वाचन क्षेत्र रिक्त भएका छन् ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बारा २ र तनँहु १ मा २०८० साल बैशाख १० गते उपनिर्वाचन हुने जानकारी दिए। यसअघि चितवन २ मा पनि बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय निर्वाचन आयोगले गरिसकेको छ ।
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उक्त निर्वाचन क्षेत्र रिक्त भएको हो ।साभारः अन्नपूर्णपोष्ट

