Madhes Khabar
स्वास्थ्य

राधेमाईमा आयाेजित निशुल्क शिविरमा २६० जनाकाे स्वास्थ्य परिक्षण

वीरगन्ज ,२९फागुन: वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईमा साेमबार निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।

रुंगटा वेलफेयर सोसाइटीको सहयाेगमा  ग्रिनसिटी सामुदायिक सेवा  केन्द्र आदर्शनगरले वीरगन्ज सामुदायिक आँखा अस्पताल र प्रभु अस्पतालसँगको सहकार्यमा आयोजना गरेकाे शिविरमा २ सय ६० जनाकाे स्वास्थ्य परिक्षण गरिएकाे ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

शिविरमा सामुदायिक आँखा अस्पताल वीरगन्जका मेडिकल संयोजक महेशसिंह धामी, प्रभु अस्पतालका डा. अस्लम अन्सारी लगायतले चेकजाँच गरेको दिलिपराज कार्कीले जानकारी दिए ।शिविरमा चेकजाँच गराएकाहरुलाई निशुल्क औषधीसमेत वितरण गरिएको कार्कीले बताए ।

शिविरमा प्रहरी निरीक्षक मनिषा लौडारी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आसुतोष बहादुर शाही, रुंगटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुंगटा, सामाजिक अभियान्ता प्रकाश थारु, प्रभु अस्पतालका संजिब कुमार साह लगायतको उपस्थिती रहेको थियाे ।

Related posts

इजिप्टमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

MadhesKhabar

भारतीय दूतावासले बाराका सरकारी अस्पालमा दिएको ६ वटा डायलाइसिस मेसिन प्रयोगमा ल्याइएन

MadhesKhabar

वीरगन्जको दशैं मेलामा निशुल्क स्वास्थ्य शीवीर सन्चालन

MadhesKhabar

Leave a Comment