Madhes Khabar
स्वास्थ्य

इजिप्टमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

काठमाडौं,६ भदौं : इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५.२ भेटिएको छ । इजिप्टको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै कोरोनाका दुईवटा केस भेटिएको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ ।

मन्त्रालयका अनुसार संक्रमित दुई जनामै सामान्य लक्षण देखिएको छ । उनीहरुलाई कोभिड १९ को नयाँ भेरियन्ट पुष्टि भएसँगै अन्य नागरिकहरुलाई बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

श्वासप्रश्वास सम्बन्धी रोगको पहिचानको लागि देशभरका ४५० अस्पतालहरुले पठाएको रिपोर्ट जाँच गर्दा दुई जनामाथि नयाँ भेरियन्ट पुष्टि भएको हो । इजी.५.२ ओमिक्रोन भेरियन्टको अंश हो । यसको पहिलो केस फेब्रुअरिमा पुष्टि भएको थियो ।

अगस्ट ९ मा विश्वस्वास्थ्य संगठनले इजी.५.२ लाई ओमिक्रोनको अर्को प्रकारको रुपमा वर्गीकरण गरेको थियो । २०१९ को अन्त्यतिर चीनबाट सुरु भएको कोरोना भाइरसले विभिन्न रुपमा समग्र विश्वलाई नै आक्रान्त पारेको थियो ।साभार : ईकान्तिपुरबाट

Related posts

पर्सामा हैजा संक्रमण रोकथामका लागि सञ्चालित कार्यक्रमलाई निरन्तरता दिन सरोकारवालाहरुको सुझाव

MadhesKhabar

जनकपुर र काठमाडौंको ल्याबमा गरिएको कल्चर टेष्टमा पनि वीरगन्जमा हैजा नै फैलिएको पुष्टि

MadhesKhabar

नारायणी अस्पतालको अनुगमन गर्दै स्वास्थ्यमन्त्री यादवले भने : नारायणी अस्पताल सुधारेरै छाड्छु

MadhesKhabar

Leave a Comment