Madhes Khabar
अर्थतन्‍त्र

उद्योग वाणिज्य महासंघको मधेस प्रदेश अध्यक्षमा टेमानी सर्वसम्मत चयन

जनकपुर,२७फागुन : नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश समितको प्रदेशसभा , अशोक टेमानीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ ।

बिहीबार जनकपुरमा सम्पन्न चौथो प्रदेशसभाले टेमानीको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिको एशोसिएट उपाध्यक्षमा राजेश अग्रवाल, जिल्ला÷नगर उपाध्यक्षमा जितेन्द्र महासेठ र कोषाध्यक्षमा पण्डित प्रसाद जयसवाल चयन भएका छन् ।

समितिका सदस्यहरूमा राजकुमार साह, विरेन्द्र साह, श्रवण कुमार यादव, भरत अग्रवाल लगायत रहेको निर्वाचन अधिकृत अधिवक्ता सञ्जिव कोईरालाले जानकारी दिए । नवानिर्वाचित समितिको पहिलो बैठक पनि बिहीबार नै सम्पन्न भएको छ । उक्त बैठकले कार्यसमिति सदस्यमा नेपाल युवा उद्यमी मञ्च वीरगन्जका निवर्तमान अध्यक्ष अनुप अग्रवाललाई चयन गरेको छ ।

यसअघिका अध्यक्ष गणेश प्रसाद लाठको अध्यक्षतामा भएको उदघाटनसत्र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठको प्रमुख आतिथ्यता र रामचन्द्र संघईको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुवोध गुप्ता, पूर्व अध्यक्ष प्रदीप केडिया, अशोक वैद, गोपाल केडिया, अनिल पटवारी, मनोज दास, हरि गौतम, माधव राजपाल लगायतका उद्योगी व्यावसायीहरूको सहभागीता रहेको थियो ।

 

Related posts

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्योगको प्रबर्द्धन गर्न सरकार दृढ छ : मन्त्री रिजाल

MadhesKhabar

सहकारी सुधार्न महासंघको १३ बुँदे ध्यानाकर्षण

MadhesKhabar

एकैदिन तोलामा ३ हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड

MadhesKhabar

Leave a Comment