Madhes Khabar
खेलकुद

छातापिपरा युथ क्लबलाई ९ नम्बर वडा कार्यालयको सहयोग

सिमरा,२१फागुनः बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरास्थित छातापिपरा युथ क्लबलाई वडा कार्यालयले खेल सामग्री वितरण गरेको छ ।

वडा नम्बर कार्यालयको वार्षिक बजेटबाट क्लबलाई फुटबल र भलिबल खेलका लागि आवश्यक जर्सी, नेट, टिशर्ट, ट्रयाकसुट, बल, जुता लगायतका खेल सामग्री वितरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा ९ का वडाध्यक्ष मोतिलाल राउतले छातापिपरामा खेलकुदको विकासका लागि आफ्नो व्यक्तिगत तथा वडा कार्यालयको तर्फबाट गर्न सक्ने सम्पूर्ण सहयोगका लागि आँफू सदैब तयार रहेको बताए ।

९ नम्बर वडा कार्यालयमा आयोजित खेल सामगूी हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष मोतिलाल राउत, वडा सदस्यहरु निपेन्द्र चौधरी, महेश्वर चौधरी, शोभादेवी सहनी, शिवदेवी लगायत स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Related posts

विश्वकप क्रिकेटको पहिलाे सेमिफाइनलमा आज भारत र न्युजिल्याण्ड भिड्दै

MadhesKhabar

बीएसल : साउथ जाेन स्टार्सकाे लगातार दाेस्राे जित

MadhesKhabar

स्कटल्याण्ड विरुद्ध नेपालको सानदार जित

MadhesKhabar

Leave a Comment