Madhes Khabar
खेलकुद

विश्वकप क्रिकेटको पहिलाे सेमिफाइनलमा आज भारत र न्युजिल्याण्ड भिड्दै

वीरगन्ज,२९कार्तिक:भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बुधबारदेखि सेमिफाइनलको खेल शुरु हुँदैछ । पहिलो सेमिफाइनलमा आज आयोजक भारत र न्युजिल्याण्ड खेल्दैछन् ।यी दुई बिचकाे खेल दिउँसो सवा २ बजे मुम्बईकाे वानखडे स्टेडियममा सुरु हुनेछ ।

जारी विश्वकपमा भारत अपराजित टोली हो । न्युजिल्याण्डले नौ मध्ये पाँच खेल जितेर चौथो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । चार वर्ष अगाडिको विश्वकपमा भारत सेमिफाइनलमै रोकिएको थियो । त्यो पनि न्युजिल्यान्डसँग हारेर । त्यस्तै सन् २०२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि न्युजिल्यान्डले भारतलाई हराएको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अष्ट्रेलिया भोलि बिहीबार खेल्नेछन् । यो खेल पनि दिउँसो सवा २ बजे कलकताकाे इडेन गार्डेनमा सुरु हुनेछ । नौमध्ये सात खेल जितेको दक्षिण अफ्रिका दोस्रो र नौ खेलमा सातवटा नै खेल जितेको अष्ट्रेलिया रनरेटका आधारमा तेस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।

फाइनलमा पुग्ने २ टोलीले उपाधिका लागि नोभेम्बर १९ अर्थात् मंसिर ३ गते आइतबार खेल्नेछन् ।

Related posts

आरिफ शेखको कप्तानीमा पुलिस क्लबको टोली घोषणा

MadhesKhabar

नेदरल्यान्ड्संग नेपाल पराजित

MadhesKhabar

साविक विजेता पुलिस वीरगन्ज गोल्डकपको सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment