Madhes Khabar
खेलकुद हेडलाइन

नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा

काठमाडौं ,१८फागुन: नेपालले सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप क्रिकेट खेल्ने भएको छ। नेपालले बिहीबार युएईलाई ७ रनले हराएसँगै श्रीलंका हुने यू-१९ विश्वकपमा स्थान बनाएको हो।

जितका लागि नेपालले १९२ रनको चुनौती युएईलाई दिएको थियो। १८४ रन बनाउँदा युएई ४८ ओभरमा अलआउट भयो। नेपालको जितमा ४८ ‌ओभरको अन्तिम तीन बलमा विकेट लिँदै दिपेश कडेँलले ह्याट्रिक गरे।

श्रीलंकामा हुने २०२४ को युवा विश्वकपका लागि एसिया छनोट प्रतियोगिताबाट एक टिम पुग्ने प्रावधानअनुसार नेपालले अन्तिम खेलमा युएईलाई हराउँदै च्याम्पियन बनेको हो।

अन्तिम खेलअघि नेपाल र युएईले लगातार चार खेलमा जित निकालेर ८-८ अंक जोडेका थिए। जसका कारण जित हात पार्ने टिम विश्वकपमा पुग्ने पक्का थियो।

यसअघिका खेलमा नेपाल र युएई दुवै टिमले मलेसिया, सिंगापुर, हङकङ र कुवेतलाई पराजित गरेका थिए।

नेपालले सन् २०१६ देखि यू-१९ विश्वकपमा स्थान बनाउन सकेको थिएन। सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू-१९ विश्वकप गुमाइसकेको थियो।

सन् २००० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो।

Related posts

विपदका बेला वीरगन्जमा अराजक गतिविधी : खानेपानी संस्थानलाई बदनाम गराउन पानीको कृत्रिम अभाव

MadhesKhabar

पर्साकाे जगतियामा आगलागी हुदा फुसकाे घर जलेर नष्ट

MadhesKhabar

वीरगन्जकाे बसपार्कमा पार्किङ गरिएको २ वटा बसमा आगलागी,घटना शंकास्पद 

MadhesKhabar

Leave a Comment