Madhes Khabar
प्रविधि

अब फेसबुक र इन्स्टाग्राममा ब्लू टिक पाउन पैसा तिर्नुपर्ने

काठमाडौं,९फागुन : मेटा कम्पनीले आफ्नो नयाँ सशुल्क भेरिफिकेशन सब्सक्रिप्सन सेवाको घोषणा गरेको छ । सीईओ मार्क जुकरबर्गले आइतबार मेटा भेरिफाइड नामक नयाँ सेवाको घोषणा गरेका हुन् ।

जुकरबर्गका अनुसार अब इन्स्टाग्राम र फेसबुकको अकाउन्ट भेरिफिकेसनका लागि वेब भर्सनमा मासिक ११.९९ डलर र आइओएसमा १४.९९ डलर शुल्क तिर्नुपर्नेछ ।

जुकरबर्गका अनुसार फेसबुक र इन्स्टाग्राममा सशुल्क भेरिफिकेसन फिचर यहीँ हप्ता अष्ट्रेलिया र न्युजिल्याण्डमा सुरु गरिनेछ । निकट भविष्यमै अन्य देशहरुमा पनि सशुल्क भेरिफिकेसन सब्सक्रिप्सन सुरु गरिने जुकरबर्गको भनाई छ ।

फेसबुक र इन्स्टाग्राममा सुरु गर्ने सशुल्क भेरिफिकेसन फिचरले आफ्ना सेवाहरुको आधिकारिकता र सुरक्षामा वृद्धि गर्ने जुकरबर्गले बताएका छन् ।

मेटाले राजनेता, कार्यकारीहरु, पत्रकार तथा संगठनका सदस्यहरु आदिलाई उनीहरुको वैधताको संकेत प्रदान गर्नका लागि हाल निशुल्क रुपमा भेरिफिकेसन ब्याजका रपमा निलो टिक प्रदान गर्ने गरेको छ।

मेटाको नयाँ सब्सक्रिप्सन सर्भिस ट्वीटरको नयाँ सशुल्क ट्वीटर ब्लू फिचरजस्तै रहेको छ । ट्वीटरले गत नोभेम्बरमा ट्वीटर ब्लू सब्सक्रिप्सन सर्भिस सुरु गरेमा डिसेम्बरदेखि केही सुधारसहित पुनः लागू गरेको हो ।

मेटाका प्रवक्ताका अनुसार मेटाको भेरिफाइड सब्सक्रिप्सन प्राप्त गर्नका लागि प्रयोगकर्ताको उमेर न्यूनतम १८ वर्ष हुनुपर्ने, अकाउन्टको गतिविधि सम्बन्धी न्यूनतम मापदण्डहरु पूरा गर्नुपर्ने र प्रोफाइल नाम र फोटोसँग मेल खाने सरकारी परिचयपत्र पेश गर्नुपर्नेछ । एजेन्सीको सहयोगमा /अनलाइनखबर

Related posts

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

चुनावका बेला फेसबुकमा के के गरेमा कारबाही हुन सक्छ ?

MadhesKhabar

Leave a Comment