Madhes Khabar
प्रविधि

चुनावका बेला फेसबुकमा के के गरेमा कारबाही हुन सक्छ ?

मधेस खबर
वीरगन्ज, १९ बैशाख :
निर्वाचन आयोगले फेसबुक , युट्युब , टुइटर लगायतका सामाजिक सन्जाल मार्फत चुनावबारे गलत सामग्री प्रवाह गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
चुनावको बेलामा उम्मेदवार र राजनीतिक दललाई लक्षित गरेर , हुँदै नभएका र तोडमोड गरिएका पोष्ट , कमेन्ट , फोटो इत्यादि सामग्री फेसबुक , टुइटर र युट्युब लगायतका सामाजिक सन्जाल मार्फत फैलाउने क्रम बढेको भन्दै निर्वाचन आयोगले त्यस्ता गतिविधी गर्ने जो सुकैलाइ पनि कडा निगरानी गरेर कारबाही गर्ने चेतावनी दिएको हो ।निर्वाचन आयोगले यसअघि नै निर्वाचन आचारसंहिता लागू गरेर सामाजिक सन्जाल प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणबारे जानकारी गराइसकेको छ ।


फेसबुक लगायतका सामाजिक सञ्जालमा के के गरेमा निर्वाचन आयोगले कारबाही गर्न सक्छ ?


– कसैको पक्ष वा विपक्षमा एस.एम.एस, फेसबुक, म्यासेन्जर, ट्विटर, भाइबर, यूट्युब, इन्स्ट्राग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गरेमा ।


– सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेशपूर्ण सूचना प्रवाह गरेमा वा गराएमा ।


– निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सज्जालमा झुठा साइट र एकाउन्ट सञ्चालन गरेमा वा गराएमा ।


– सामाजिक सन्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण (हेट स्पिच) जस्ता भ्रामक टिका टिप्पणी गरेमा वा गराएमा ।


– कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराइ सामाजिक सन्जालमा सेयर वा लाइक वा कमेन्ट गरेमा वा गराएमा ।


– कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गरेमा तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गरेमा वा गराएमा ।

– निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री सेयर गर्न नहुने ।

– चुनावको मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन छापा माध्यम वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसार सामग्री पोष्ट वा सेयर गर्न, कमेन्ट, प्रतिकमेन्ट गर्न, समाचार प्रकाशन वा प्रसारण गर्न नहुने निर्वाचन आयोगको भनाइ छ ।

Related posts

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

Leave a Comment