Madhes Khabar
प्रविधि

टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं,२१भदौं : नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकहरूलाई टिकटक चल्ने बनाउन निर्देशन दिएको छ। सरकारले भदौ ६ गतेको बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएकोले खोल्नका लागि दूरसञ्चार प्राधिकरणले निर्देशन जारी गरेको हो।

नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवाप्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ’ दूरसञ्चार प्राधिकरणको सूचनामा भनिएको छ।

 

 

Related posts

टिकटक बन्द नगरे कारबाही गर्छौं : दुरसञ्चार प्राधिकरण

MadhesKhabar

वीरगन्जमा भारतीय सीम चलाउन राखिएका अवैध मोबाइल सिग्नल बुस्टर र एम्प्लिफायर प्रहरीद्वारा जफत

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

Leave a Comment