काठमाडौं,२८कार्तिक:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सूचना प्रविधि (आईटी) विज्ञ प्रकाश रायमाझीले टिकटक बन्द गर्ने निर्णयले दुई अर्बभन्दा बढी रकम विदेशिनबाट जोगिएको दाबी गरेका छन् ।
रायमाझीले सामाजिक सञ्जाल फेसबुकमार्फत टिकटक चलाउँदा इन्टरनेटको खर्च (व्याण्डविथ) वार्षिक दूई अर्बभन्दा बढी रकम विदेशिने गरेको जानकारी गराएका छन्।
टिकटक बन्द गर्ने सरकारकाे निर्णयले सामाजिक मात्र नभएर आर्थिक पाटोमासमेत सहयोग पुग्ने उनको भनाई छ ।
उनले लेखेका छन्, ‘नेपालमा खपत हुने कूल व्याण्डविथको २० देखि २५ प्रतिशत टिकटकले मात्रै खपत गर्ने गर्दथ्यो । हामीले प्रयोग गर्ने इन्टरनेट (व्याण्डविथ) विदेशका कम्पनीसँग किन्नु पर्दछ । टिकटक बन्द गर्ने निर्णयले दुई अर्ब भन्दा बढी रकम जोगिएको छ । अर्कोतर्फ टिकटकमा सञ्चालन भईरहेका र कानुनी दायरामा नआएका व्यापार पनि रोकिएको छ ।’ साभार:नेपाल प्रेसबाट