Madhes Khabar
प्रविधि राष्ट्रिय

टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं,१मंसिरः नेपालमा सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

सरकारको उक्त कदमविरूद्ध अधिवक्ता दिनेश त्रिपाठी सर्वोच्च पुगेका हुन्। त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट दिएका हुन्।

‘टिकटक प्रतिबन्ध गर्ने मन्त्रिपरिषदको निर्णय बदरका लागि रिट दिएको छु, दर्ताको प्रक्रियामा छ,’ त्रिपाठीले भने।सामाजिक सद्भाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारको भनाइ थियो। टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव बिगार्ने काम भएकाले त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेको हो ।

Related posts

वीरगन्जमा रेडियो सिमाञ्चल ९५.१ मेगाहर्जको परिक्षण प्रसारण सुरु

MadhesKhabar

वीरगन्ज भन्सारका कर्मचारी प्रहरीबाटै कुटिए

MadhesKhabar

देश आर्थिक संकटमा परेकाले सांसदको तलब र विकास कोष बन्द गर्न माग

MadhesKhabar

Leave a Comment