Madhes Khabar
स्थानिय

सडकमा फोहोर फालेको भेटिएपछि डाक्टर जैनुद्धिनलाई पनि महानगरले तिरायो १ हजार जरिवाना

वीरगन्ज,६ फागुन : वीरगन्ज महानगरपालिकाले घर भित्रको फोहोर सडकमा फालेको कसुरमा नेशनल मेकिडल कलेजका सन्चालक डाक्टर जैनुद्धिन अन्सारीलाई आर्थिक जरिवाना तिराएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मेनरोड स्थित जिल्ला हुलाक कार्यालय छेउमा रहेको अन्सारीको घरभित्रबाट सडक पेटीमा फोहोर फालेको भेटिएपछि महानगरपालिकाले अन्न्सारीलाई १ हजार रुपैया जरिवाना गरेको हो ।

अन्सारीको घरमा काम गर्ने मजदुरले घर भित्रको फोहोर घर अगाडिको सडक पेटीमा ल्याएर फालेको भेटिएपछि जरिवाना गरिएको महानगरको सरसफाइ महाशाखाले जनाएको छ ।

यसअघि पनि अन्सारीको घरभित्रकोे फोहोर सडक पेटीमा फालेको भेटिदा आइन्दा त्यसो नगर्न सचेत गराउदा पनि अटेर गरि शनिबार फेरि सडक पेटीमै फोहोर फालेको भेटिएपछि जरिवाना गरिएको सरसफाइ महाशाखाका प्रमुख सरफुदिन मियाँले बताए ।

वीरगन्ज महानगरपालिकालाई वीरगन्जलाई स्वच्छ , सफा र सुन्दर शहर बनाउने अभियान अन्तर्गत केहि हप्ता यता देखि सडकमा फोहोर गर्ने र फाल्नेलाई आर्थिक जरीवाना गर्दै आएको छ । महानगरको सरसफाइ शाखाका प्रमुख सर्फुदिन मियाँका अनुसार ,सडकमा फोहोर गर्ने र फाल्नेलाई महानगरले ५ सय देखि ५ हजार सम्म रुपैया सम्म जरीवाना तिराउदै आएको छ । यो अभियान अहिले पनि जारी रहेको र हाल सम्म पसल , बैंक तथा वित्तीय संस्था र व्याक्ति गरि करिब ५ दर्जन भन्दा बढिलाई आर्थिक जरीवाना तिराइ सकिएको मियाँले जानकारी दिए ।

Related posts

दलित पत्रकार संघ पर्साको अधिवेशन सम्पन्न : अध्यक्षमा पुन पासवान चयन

MadhesKhabar

जंगली हात्तीको आक्रमणबाट पर्सामा एक जनाको मृत्यु

MadhesKhabar

वीरगन्ज २ मा महिलाहरुका लागि तालिम सन्चालन, उपमेयर आलमले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment