Madhes Khabar
समाचार हेडलाइन

हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीका दुवै सडक दुई महिनाका लागि बन्द

फाइल फाेटाे

काठमाडौं ,१फागुन: हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आज साेमबारदेखि २ महिनाका लागि बन्द गरिएको छ ।

हेटौंडाबाट भिमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र हेटौंडाबाट भिमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक निर्माण थालिएकाले आजदेखि दुई महिनासम्मका लागि बन्द गरिएको हो ।

द्रुत गतिमा निर्माण सम्पन्न गर्न सडक बन्द गरिएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन सिंहले जानकारी दिए ।

वैकल्पिक सडकको रुपमा हेटौंडाबाट काठमाडौं जानका लागि हेटौंडा–कुलेखानी–मार्खु–चित्लाङ–थानकोट सडक र काठमाडौंबाट हेटौंडा फर्किंदा कान्ति लोकपथ खण्डबाट यातायात सुचारु गरिएको उनले बताए । उनले सर्वसाधारणलाई यही वैकल्पिक सडक प्रयोग गर्न अनुरोध पनि गरेका छन् ।

मन्त्रालयले यो सडकखण्ड अन्तर्गत भैंसे–भिमफेदी खण्ड, हेवी–कलंकी–हुमाने खण्ड, हुमाने–फर्पिङ खण्डको सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकखण्डको ठेक्का लगाएर निर्माणको कार्य गरिरहेको छ । यसअघि भिमफेदी कुलेखानी खण्डको निर्माण सम्पन्न भइसकेको छ ।साभार:अनलाइनखबर

Related posts

वीरगन्जको प्रदर्शन सुरक्षाकर्मीको नियन्त्रण बाहिर :मन्त्री,नेताका घर र सरकारी कार्यालयमा आगजनी

MadhesKhabar

वीरगन्जका सरकारी विद्यालयका विद्यार्थीको हौसला बढाउन ‘कक्षा कोठामा मेयर’ कार्यक्रम सुरु

MadhesKhabar

पर्साको प्रसिद्ध धार्मिकस्थल रामभौरी भाठा धाममा तीन दिने भव्य मेला सुरु

MadhesKhabar

Leave a Comment