Madhes Khabar
समाचार

वीरगन्जमा श्रोत नखुलेको २० लाख सहित एक युवक पक्राउ


फाइल फोटो

मधेसखबर
वीरगन्ज ,१९ माघ : वीरगन्जमा प्रहरीले श्रोत नखुलेको ठूलो रकम सहित एक युवकलाई पक्राउ गरेको छ ।प्रहरीले बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर ४ का २७ वर्षिय श्यामकिशोर प्रसाद साहलाई श्रोत नखुलेको २० लाख रुपैया सहित पक्राउ गरेको हो । साहलाई वीरगन्ज १६ रजतजयन्ति चोक स्थित सडकबाट बिहीबार बिहान पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले जानकारी दिए ।

भारतको रक्सौलबाट प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकलमा सवार भइ आएका साहलाई रोकेर चेकजाँच गर्दा उनको साथबाट श्रोत नखुलेको १ हजार दरका १६०० थान नोट र पाँच सय दरका ८०० सय थान नोट बरामद भएको शाहले बताए ।
मोटरसाइकल र बरामद नोट सहित साहलाई नियन्त्रणमा लिएर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक शाहले जानकारी दिए ।

 

Related posts

बैंकिङ कसुर मुद्धामा दुइ वर्ष देखि फरार रहेका हजाम वीरगन्जबाट पक्राउ

MadhesKhabar

वीरगन्जमा बदर मत बढि भएपछि काँग्रेस र जसपा बिच आरोप प्रत्यारोप

MadhesKhabar

बारामा ४८ लाख बढी मूल्यको सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment