
मधेसखबर
वीरगन्ज,१५माघ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको पर्सा जिल्ला अध्यक्षमा विकास तिवारी मनोनित भएका छन् ।
लामो समय देखि रिक्त तरुण दल पर्साको अध्यक्षमा तिवारी मनोनित भएका हुन् ।
तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले तरुण दल पर्साको अध्यक्षमा तिवारीलाई मनोनित गरेका हुन् ।माघ १३ गते तिवारीलाई तरुण दल पर्साको अध्यक्षमा मनोनित गरिएको पत्रमा लेखिएको छ – पर्सा जिल्लामा नेपाल तरुण दलको रिक्त अध्यक्ष पदमा विकास तिवारीलाई मनोनयन गरिएको छ ।
तिवारी यसअघि नेपाल विधार्थी संघ पर्साको सभापति पनि भइसकेका थिए ।

