Madhes Khabar
राजनीति

पर्सा १ (ख) मा युवालाई चुन्न मतदाता आतुर छन् : ओमप्रकाश सर्राफ

मधेसखबर
वीरगन्ज ,१८ कार्तिक : पर्सा क्षेत्र नम्बर १ को (ख) मा प्रदेशसभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफले आफनो निर्वाचन क्षेत्रमा घरदैलो तथा जनसंवाद गरेर आफनो पक्षमा मत माँगेका छन ।

शुक्रबार वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्तामा घरदैलो गर्दै सर्राफले स्थानियसंग आफनो पक्षमा मत मागेका हुन् । त्यस क्रममा स्थानिय मतदाताले अब पालो परिर्वतनको रहेकोले सर्राफलाइ नै मत दिने बताए ।

पाँच बर्ष सत्तामा रहेका नेताहरुले आफनो कार्यकर्ता पाल्ने बाहेक जनताको हितमा केहि काम नगरेको गुनासो सुनाउँदै उनिहरुले अब पालो परिर्वतनको रहेकाे र त्यसको विकल्प सर्राफ नै भएकाे बताए ।

राष्ट्र निर्माणको अभियान, छ्डी छापमा मतदान नारा लिएर घरदैलोमा पुगेका बेला स्थानियको अपार समर्थन देखेर नेता सरार्फले भने, आम मतदाता बदलावको लागी र नेतृत्व युवा शक्तिमा पुस्तान्तरणको लागी आतुर रछन् ।

क्षेत्र नम्बर १ को (ख) मा जनताले परिवर्तन खोजी रहेको अवस्थामा आफुलाई विकल्पको रुपमा देख्दा स्थानिय उत्साहित रहेको उनले बताए ।

घरदैलो कार्यक्रममा लौरो छाप कै समानुपातिक उम्मेदवार गुड्डि जोशी, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौलागाइ लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

Related posts

पर्साका मधेसी दलमा उथलपुथल : करिमा, शशीकपुर सहित सयौं नेताहरु जनमतमा प्रवेश गर्दै

MadhesKhabar

एमालेको समानुपातिक सूचीमा पर्साबाट ३ जना मात्र : हजरा , देवकोटा र चर्तुवेदी

MadhesKhabar

मधेसका लागि सडक देखि सदन सम्म लड्ने प्रदीप यादलाई जिताउन महिला नेतृहरुको आह्वान

MadhesKhabar

Leave a Comment