Madhes Khabar
अर्थतन्‍त्र

सुनकाे मूल्य ताेलामा ११ सयले घट्याे

वीरगन्ज ,१३ माघ : नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज शुक्रबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर छ ।

आज शुक्रबार छापावाल सुनको मूल्य ताेलाकाे एक लाख ५ हजार ८ सय रुपैयाँ, तेजावी सुनको मूल्य ताेलाकाे एक लाख ५ हजार ३ सय र चाँदीको मूल्य ताेलाकाे १३ सय ८० रुपैयाँ तोकिएको छ ।

बिहीबार सुनको मूल्य हालसम्मकै उच्च विन्दू एक लाख ६ हजार ९ सय, तेजावी सुन एक लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

Related posts

पिडित जग्गाधनीहरुले धर्ना स्थगीत गरेपछि वीरगन्ज ड्राइपोर्टको कामकाज सुचारु

MadhesKhabar

नुनकाे मूल्य पनि बढ्याे

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

Leave a Comment