Madhes Khabar
समाज

बजार छपकैयामाकाे रक्तदान कार्यक्रममा ३४ जनाद्वारा रगत दान

मधेसखबर
वीरगन्ज ,०७माघ : वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शीवशक्ती युवा क्लबले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा १महिला सहित ३४ जनाले रगत दान गरेका छन् ।रगत दान गर्नेहरुमा श्रद्धा देवी, हरिकृष्ण साह, तबरेज अहमद, कामेश मल्लिक ,श्रीराम कुशवाहा, सन्ताेष गुप्ता ,अशाेक साह, गुलाब अन्सारी लगायतका रहेकाे रहेकाे रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक धिरेन्द्र झाले जानकारी दिए।

क्लबका अध्यक्ष भाेला साह तेलीकाे अध्यक्षता तथा वडा अध्यक्ष मनाेज राउत कुर्मीकाे प्रमुख आतिथ्यतामा भएकाे रक्तदान कार्यक्रममा स्थानीय समाजसेवी, क्लबका पदाधिकारी , सदस्य लगायतकाे पनि उपस्थिति रहेकाे थियाे ।

Related posts

बाराको बडहर्वा चोकबाट मानव सेवा आश्रमद्वारा एक बेवारिसे महिलाको उद्धार

MadhesKhabar

वीरगन्जमा जनमत पार्टीले आयोजना गरेको आँखा शिविरबाट १४० जना लाभान्वित

MadhesKhabar

रानीघाटमा दुर्गा पूजा समितिले आयाेजना गरेकाे कार्यक्रममा ७९ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment