Madhes Khabar
समाज

बजार छपकैयामाकाे रक्तदान कार्यक्रममा ३४ जनाद्वारा रगत दान

मधेसखबर
वीरगन्ज ,०७माघ : वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शीवशक्ती युवा क्लबले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा १महिला सहित ३४ जनाले रगत दान गरेका छन् ।रगत दान गर्नेहरुमा श्रद्धा देवी, हरिकृष्ण साह, तबरेज अहमद, कामेश मल्लिक ,श्रीराम कुशवाहा, सन्ताेष गुप्ता ,अशाेक साह, गुलाब अन्सारी लगायतका रहेकाे रहेकाे रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक धिरेन्द्र झाले जानकारी दिए।

क्लबका अध्यक्ष भाेला साह तेलीकाे अध्यक्षता तथा वडा अध्यक्ष मनाेज राउत कुर्मीकाे प्रमुख आतिथ्यतामा भएकाे रक्तदान कार्यक्रममा स्थानीय समाजसेवी, क्लबका पदाधिकारी , सदस्य लगायतकाे पनि उपस्थिति रहेकाे थियाे ।

Related posts

समाजसेवी रुंगटाको सहयोगमा वीरगन्जको नगवामा विपन्नहरुलाई कम्बल वितरण

MadhesKhabar

पर्सा प्रहरीसंग आमा चन्द्रावतीको प्रश्न : मेरी छोरीका हत्याराहरु कहिले पक्राउ पर्छन् ?

MadhesKhabar

वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

MadhesKhabar

Leave a Comment