काठमाडौं ,०६ माघ : गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् ।
मधेस आन्दोलनमा सशस्त्र प्रहरी थमन विककाे हत्यामा काेइरी संलग्न रहेकाे आराेप छ ।

