Madhes Khabar
मधेस प्रदेश

रौतहटको गढीमाइमा कांग्रेस विजयी

मधेस खबर

वीरगन्ज ११ जेठ

रौतहटको गढीमाई नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

मेयरमा नेपाली कांग्रेसकस उम्मेदवार श्यामप्रसाद यादव ८,६३१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार शेख अबुलकलाम आजादलाई ५५८ मतान्तरले पराजित गरेका हुन् । 

पराजित शेख अबुलकलाम आजादले ८,०७३ मत ल्याएका  छन्।

यस्तै उपमेयरमा जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार स्मिताकुमारी यादव ६,६७१ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार नागेन्‍द्र सिंहले ५,९०२ मत ल्याएका छन् ।

Related posts

मधेसमा मौलाउदै कुश्ती खेल

MadhesKhabar

ट्रकको ठक्करबाट एक जनाकाे मृत्युु

MadhesKhabar

वीरगन्जमा ट्रायलमा फेल भएकाहरुलाई जनकपुरबाट पास गराएर बाँडियो लाइसेन्स

MadhesKhabar

Leave a Comment