Madhes Khabar
मधेस प्रदेश

मधेस : तत्कालीन मेयरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं,१४चैतःसिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८÷०७९ मा कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको भन्दै तत्कालीन मेयर पासवानसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन मेयर पासवान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आह्वानको लागि निर्णय गरी सार्वजनिक सम्पत्तिको नोक्सानी पु¥याएको जनाएको छ ।

उच्च अदालत जनकपुरले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र स्थानान्तरण नगराउन आदेश दिएको थियो ।

त्यस्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविनकुमार महतोले निर्माणस्थलको व्यवस्था नभइ भवन बनाउनको लागि सम्झौता गरेको र निर्माण कम्पनीलाई पेश्की रकम दिएको अख्तियारले दाबी गरेको छ ।

निर्माण व्यवसायी महालक्ष्मी÷पाण्डे एण्ड कम्पनी÷ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवले कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि पेश्की लगेर काम सुरू नगरेको अख्तियारको भनाइ छ ।

अदालतको आदेशसमेत नमानी सार्वजनिक सम्पत्तिको नोक्सानी पु¥याएको भन्दै अख्तियारले सबै प्रतिवादीलाई १ करोड ८ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना गर्नुपर्ने दाबी गरेको छ ।साभारः अनलाइनखबरबाट

Related posts

पत्रकार यादवमाथि धारिलो हतियार प्रहार , तीन जना पक्राउ

MadhesKhabar

मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

MadhesKhabar

कन्चटमा गाेली लागेका मनि ट्रान्सफर सञ्चालक साहकाे अवस्था चिन्ताजनक

MadhesKhabar

Leave a Comment