
जनकपुर,४बैशाख:मधेस प्रदेशका प्रमुख प्रतिपक्षी दलहरुको बहिष्कारका बाबजुद मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन् ।
मंगलबार पटक पटक स्थगित हुदैं साँझ तेश्राे पटक बसेकाे प्रदेश सभाकाे बैठकमा मुख्यमन्त्री यादवले नेपाली कांग्रेस, जनमत पार्टी र लोसपा पार्टी बाहेक अन्य सत्ता साझेदार दलको विश्वासको मत पाएका हुन् ।
कांग्रेसले सरकारबाट बाहिरिदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले मंगलबार चाैथाे पटक विश्वासको मत लिन बाध्य भएका हुन् ।मंगलबार विश्वासको मतको लागि भएको मतदानमा यादवकाे पक्षमा ६१ मत र विपक्षमा ० मत पर्याे । सभामुख र उपसभामुख भने मतदानमा सहभागी भएनन्।जसपा,एमाले ,नेकपा माओवादी केन्द्र,,नेकपा एकिकृत समाजवादी र स्वतन्त्र सांसदले यादवलाई विश्वासको मत दिएका हुन् ।
मधेस प्रदेश सभामा एमालेका २३, कांग्रेसकम २२, जसपाका १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा माओवादी केन्द्रका ९ ,नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद रहेका छन् ।

