Madhes Khabar
मधेस प्रदेश हेडलाइन

इँट्टाभट्ठामा जिउँदै मान्छे जलाएर हत्या गरेका आफताब आलमले अदालतबाट पाए सफाइ

फाइल तस्बिर ।

वीरगन्ज,१४जेठ:इँट्टा भट्ठामा हालेर मान्छेलाई जिउँदै जलाएको कसुरमा ६ वर्षदेखि जेलमा रहेका नेपाली कांग्रेसका नेता एंव राैतहटका पूर्वसांसद मोहम्मद अफताब आलमलाई उच्च अदालत अस्थायी इजलास वीरगन्जले सफाइ दिएको छ।

पहिलाे संविधानसभाकाे निर्वाचनको बेला चुनावलाई प्रभावित पार्न २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएकाे बम बिस्फोटमा घाइते भएका २३ जना व्याक्तिहरुलाई जिउँदै इँट्टा भट्ठामा हालेर हत्या गरेको कसुरमा दाेषी ठहर गर्दै राैतहट जिल्ला अदालतले २०८१ बैशाख १३ गते आलमसहित चार जनालाई जन्ममकैदकाे सजाय सुनाएको थियाे ।त्यसबेला राैतहट जिल्ला अदालतले आलमसंगै उनका भाइ ममताब आलम,शेख सेराज र बद्री सहनीलाईपनि जन्मकैदको सजाय सुनाएको थियाे ।

 

राैतहट जिल्ला अदालतले जन्मकैदकाे सजाय सुनाएपछि आलम जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासमा पुगेका थिए । तर त्यसबेला भने उच्च अदालत वीरगन्ज अस्थायी इजलासले पनि राैतहट जिल्ला अदालतको आदेश सदर गरेको थियो । त्यसपछि आलम राैतहट जिल्ला अदालत र उच्च अदालत अस्थायी इजलास वीरगन्जको आदेश उल्ट्याइ साधारण तारेखमा छाड्ने आदेश माग्दै सर्वोच्च अदालतमम पुगेका थिए ।तर २०७९ बैशाख २३ मा सर्वाेच्च अदालतले आलमलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको थियाे ।त्यसबेला आलमको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको थियाे ।

 

बुधबार उच्च अदालत अस्थायी इजलास वीरगन्जले राैतहट जिल्ला अदालतकाे उक्त फैसलालाई उल्ट्याउँदै आलमलाई सफाई दिएकाे हाे।उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलाई सफाइ दिएको हो।

आलमका मुख्य कानुन व्यवसायी ‍सरोजकृष्ण घिमिरेले आलमविरुद्ध अदालतले यथेष्ट प्रमाण नदेखेपछि राैतहट जिल्ला अदालतकाे फैसला उल्टाएको बताए। घिमिरेले बम विष्फोट गराएको वस्तुनिष्ठ प्रमाण नदेखिएको भन्ने निष्कर्षमा पुगेर नै उच्च अदालतले राैतहट जिल्ला अदालतको फैसला उल्टाएको प्रतिकृया दिए।

उच्च अदालत वीरगन्जमा आलमको तर्फबाट घिमिरेसहित अधिवक्ताहरु सुधिर कर्ण, सञ्जीव मल्लिक, रामेश्वर न्यौपाने र साविर हुसेनले बहस गरेका थिए।पीडितका पक्षबाट भने सरकारी वकिल र पुष्पराज पौडेलले बहस गरेका थिए।

पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँट्टा भट्ठामा जिउँदै जलाएर मारेको अभियोगमा आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सेराजसहित ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते राैतहट जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।त्यहि मुद्दामा कांग्रेस नेता एंव पूर्वसांसद आलम २०७६ असोज २६ गते राैतहटबाटै पक्राउ परेका थिए ।

त्यसबेला थुनछेक बहसपछि २०७६ कात्तिक २९ गते राैतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि राैतहटकाे गाैर कारागार चलान गरेको थियो ।गाैर कारगारमा रहदाँ आफू असुरक्षित भएको भनेर आलमले गुनासाे गरेपछि त्यहाँबाट उनलाई काठमाडौंकाे नख्खु कारागारमा स्थानान्तरण गरिएको थियाे ।त्यसयता उनि नख्खु कारागारमै छन्।

Related posts

पर्सा प्रहरीसंग आमा चन्द्रावतीको प्रश्न : मेरी छोरीका हत्याराहरु कहिले पक्राउ पर्छन् ?

MadhesKhabar

त्रिशुली दुर्घटनाका पिडित चन्दनलाई १२ कक्षासम्म निःशुल्क पढाई दिने जीवनज्योति स्कूलको घोषणा

MadhesKhabar

अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment