Madhes Khabar
शिक्षा

पर्साकाे रंगपुर माविमा ४५ लाखकाे लागतमा नयाँ भवन निर्माण शुरु

मधेसखबर
वीरगन्ज ,०४ माघ : पर्साकाे पटेर्वा सुगाैली गाउँपालिका वडा नम्बर २ स्थित रंगपुर माध्यमिक विद्यालय परिसरमा ४५ लाख रुपैयाकाे लागतमा चार काेठे भवन निर्माण गर्न थालिएको छ ।

शिक्षा मन्त्रालयकाे राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रंगपुर माविमा चार काेठे भवन निर्माण गर्न थालिएको वडा अध्यक्ष विजय गैरेले बताए । बुधबार गाँउपालिका अध्यक्ष दिनेश चाैधरी र उपाध्यक्ष ममता महताे थारुले संयुक्तरूपमा पूजापाठ गरि उक्त भवनकाे शिलान्यास गरेका छन् ।

बुधबार शिलान्यास गरि निर्माण कार्य शुरु गरिएको उक्त भवन आगामी बैशाख महिना भित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकाे वडा अध्यक्ष गैरेले बताए ।शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , सदस्य, प्रधानाध्यापक ,शिक्षक, शिक्षिका, अभिभावक , समाजसेवी लगायतकाे सहभागीता थियाे ।

Related posts

बड्निहारमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

MadhesKhabar

ठाकुरराम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा. यादव नियुक्त

MadhesKhabar

गाउँपालिका अध्यक्षको पहिलो निर्णय – १२ पास गरेकी छोरीको बिहेमा ५० हजार सहयोग

MadhesKhabar

Leave a Comment