Madhes Khabar
हेडलाइन

वीरगञ्जमा भएको कार्यक्रममा १९ जनाद्वारा रगतदान


मधेसखबर
वीरगञ्ज ,मंसिर २१ गते :नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको ५९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ३ जना महिला सहित १९ जनाले रगतदान गरेका छन् । रगतदान गर्नेहरुमा शिवनाथ यादव ,रानी कुमारी कलवार, शैलेन्द्र चौरसिया, लक्ष्मी चौधरी लगायत रहेका छन् ।

नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेँलको अध्यक्षतामा भएको कार्यक्रमको नेपाल रेडक्रस सोसाईटी मधेस प्रदेशका अध्यक्ष फूलमहम्मद मियाँले उदघाटन गरेका थिए ।

Related posts

नारायणी अस्पताललाई मेडिकल कलेज बनाउने पनि मेरो एजेण्डा हो – प्रदीप यादव

MadhesKhabar

वीरगन्जकाे बसपार्कमा पार्किङ गरिएको २ वटा बसमा आगलागी,घटना शंकास्पद 

MadhesKhabar

गृहमन्त्री लेखकले भने : यतिका दिन भइसक्दा पनि वीरगन्जमा हैजा फैलिनुको कारण पत्ता लागेकोे छैन

MadhesKhabar

Leave a Comment