Madhes Khabar
राष्ट्रिय

रविलाई सभापतिबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

वीरगन्ज, १९मंसिर : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको साधारण सदस्यता खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।
वैध नेपाली नागरिकता नभएका व्यक्तिले राजनैतिक दल खोल्न, सो दलको साधारण सदस्य हुन् र अध्यक्ष वा सभापति हुन नमिल्ने दाबी सहित सोमबार युवराज पौडेलले निर्वाचन आयोगमा उजुरी दिएका हुन्।

उजुरीमा वैध नागरिकता नै नभएका लामिछानेको सभापतित्वमा दल दर्ता गरेर निर्वाचन आयोगले त्रुटि गरेको दाबी गर्दै लामिछानेलाई सभापतिसँगै दलको साधारण सदस्यता समेत खारेज गर्न माग गरिएको छ।

’नेपाली नागरिकता नै नभएका लामिछानेलाई उक्त दलको सभापतिको मान्यता दिन एवं सो दलको साधारण सदस्यता समेतको मान्यता दिन नमिल्ने भएको हुँदा निजको सभापतित्व र साधारण सदस्यता निर्वाचन आयोगले खारेज गर्न वा सो गर्न गराउन राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्देशन दिन’ निवेदनमा माग गरिएको छ।

पौडेलले यस अगाडि गृह मन्त्रालयमा दिएको नागरिकता सम्बन्धी उजुरीमा आधारमा जिल्ला प्रहरी परिसरले छानबिन गरिरहेको छ। आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह र परराष्ट्र मन्त्रालयमा पत्र पठाएर छानबिन गर्न निर्देशन दिएको थियो। साभार : उकेरा डट कम

Related posts

मेरो नागरिकताबारे भइरहेको अनुसन्धानमा सघाउँछु : गृहमन्त्री रवि लामिछाने

MadhesKhabar

नेपाली सेनामा फेरि जागिर खुल्यो, ३१९ जनाका लागि दरखास्त आह्वान

MadhesKhabar

सहकारी ठगी प्रकरणमा जीबी राई र रवि लामिछानेविरुद्ध उजुरी दर्ता

MadhesKhabar

Leave a Comment